पेट्रोलको कृत्रिम अभाव गर्नेलाई कडा कारबाही,पम्प सिल गर्न प्रधानमन्त्रीको निर्देशन – Sagarmathapana:: Online News Portal

पेट्रोलको कृत्रिम अभाव गर्नेलाई कडा कारबाही,पम्प सिल गर्न प्रधानमन्त्रीको निर्देशन

   २०८३ असार १८ गते  

काठमाडौं।पेट्रोलको मूल्य घट्ने हल्लापछि देशका विभिन्न स्थानमा केही पेट्रोल पम्पले इन्धन नउठाई ‘पेट्रोल छैन’ भन्दै बिक्री बन्द गरेको गुनासो आएपछि प्रधानमन्त्री बालेन शाहले कडा कारबाही गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्रीको निर्देशनसँगै सम्बन्धित निकायले बजार अनुगमन तीव्र पारेको जनाएको छ। कृत्रिम अभाव सिर्जना गर्ने, बिना कारण पेट्रोल पम्प बन्द गर्ने, इन्धन वितरणमा अवरोध पुर्‍याउने वा पुरानै मूल्यमा इन्धन बिक्री गरेको पाइए सम्बन्धित पम्पलाई तत्काल सिल गरी प्रचलित कानुनअनुसार कारबाही गरिने बताइएको छ।

सरकारले उपभोक्तालाई सहज रूपमा इन्धन उपलब्ध गराउने तथा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने गतिविधि नियन्त्रण गर्न देशभर प्रभावकारी अनुगमन सञ्चालन गरिने जनाएको छ।

सरकारले पेट्रोलियम पदार्थको आपूर्ति नियमित राख्न र मूल्यसम्बन्धी अफवाहका कारण बजारमा असहज अवस्था सिर्जना हुन नदिन सरोकारवाला निकायलाई आवश्यक समन्वय र निगरानी बढाउन पनि निर्देशन दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै