भारतीय अतिक्रमण रोक्न सुस्तावासीको काठमाडौंमा धर्ना
काठमाडौं।भारतसँग सीमा विवाद रहेको नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले मंगलबार काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिँदै आफ्नै भूमिमा सार्वभौम नेपालीका रूपमा सुरक्षित जीवनयापन गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
प्रदर्शनकारीहरूले भारतीय अतिक्रमण रोक्न, सीमावर्ती क्षेत्रमा राज्यको उपस्थिति बलियो बनाउन तथा सुस्तावासीको भूमि र नागरिकताको अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्। उनीहरूले वर्षौंदेखि सीमावर्ती क्षेत्रमा असुरक्षा र विभिन्न समस्या भोग्दै आएको गुनासो समेत गरेका छन्।


धर्नामा सहभागी स्थानीयले सुस्ताको माटो समेत काठमाडौं ल्याएर आफ्नो भूमि, राष्ट्रियता र सार्वभौमिकताको संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूको भनाइमा सीमा विवाद समाधानका लागि प्रभावकारी कूटनीतिक पहल र सीमावासीको अधिकारको संरक्षण अपरिहार्य छ।













