नेशनल युथ फेस्टिभल २०२६ का लागि दर्ता खुला – Sagarmathapana:: Online News Portal

नेशनल युथ फेस्टिभल २०२६ का लागि दर्ता खुला

   २०८३ असार ५ गते  

काठमाडौं।नेपालको युवा पुस्तालाई प्रेरणा, अवसर र सम्भावनासँग जोड्ने उद्देश्यका साथ आयोजना हुँदै आएको नेशनल युथ फेस्टिभल (एनवाईएफ) २०२६ को दर्ता प्रक्रिया औपचारिक रूपमा खुला गरिएको छ।

यसअघि सन् २०२४ र २०२५ मा सफलतापूर्वक सम्पन्न भएको फेस्टिभलको तेस्रो संस्करण यस वर्ष अझ भव्य, आकर्षक र प्रभावशाली रूपमा आयोजना हुने आयोजकले जनाएको छ। युवाहरूका विचार, सपना, सिर्जना र अवसरहरूलाई एउटै मञ्चमा ल्याउने लक्ष्यसहित फेस्टिभल आयोजना गर्न लागिएको हो।


आयोजकका अनुसार नेशनल युथ फेस्टिभल २०२६ ले देशभरका युवाहरूलाई नेटवर्क विस्तार, प्रेरणादायी अनुभव आदानप्रदान तथा विभिन्न अवसरहरूसँग जोडिने अवसर प्रदान गर्नेछ।

फेस्टिभलमा सहभागी हुन इच्छुक युवाहरूले दर्ता प्रक्रिया पूरा गरी आफ्नो स्थान सुनिश्चित गर्न सक्नेछन्। आयोजकले समयमै दर्ता गरी नेपालको सबैभन्दा ठूलो युवा उत्सवको हिस्सा बन्न आह्वान गरेको छ।

‘Dream Big. Celebrate Bigger.’ भन्ने नारासहित आयोजना हुन लागेको नेशनल युथ फेस्टिभल २०२६ युवाहरूका लागि विशेष आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै