कमलादीमा ‘इलोरा हेयर एन्ड ब्युटी यूनिसेक्स लाउन्ज’ सञ्चालनमा, एक सातासम्म ५० प्रतिशत छुट – Sagarmathapana:: Online News Portal

कमलादीमा ‘इलोरा हेयर एन्ड ब्युटी यूनिसेक्स लाउन्ज’ सञ्चालनमा, एक सातासम्म ५० प्रतिशत छुट

   २०८३ जेष्ठ २२ गते  

काठमाडौं।काठमाडौंको कमलादीस्थित कुलरत्न मार्गमा ‘इलोरा हेयर एन्ड ब्युटी यूनिसेक्स लाउन्ज’ सञ्चालनमा आएको छ। आइतबार आयोजित विशेष समारोहबीच नेपाली सङ्गीत क्षेत्रका चर्चित गायक निमा रुम्बा र रामकृष्ण ढकालले संयुक्त रूपमा रिबन काटेर लाउन्जको उद्घाटन गरेका हुन्।

उद्घाटनको अवसरमा लाउन्जले आफ्ना सम्पूर्ण सेवामा आगामी एक सातासम्म ५० प्रतिशत विशेष छुट प्रदान गर्ने घोषणा गरेको छ। ‘तपाईँको विश्वास, हाम्रो हेरचाह’ भन्ने नारासहित सञ्चालनमा आएको इलोराले महिला तथा पुरुष दुवैका लागि गुणस्तरीय सौन्दर्य तथा हेयर केयर सेवा उपलब्ध गराउने जनाएको छ।

लाउन्जका अनुसार यहाँ विशेषज्ञद्वारा सेवा प्रदान गरिनेछ भने प्रिमियमस्तरका आधिकारिक उत्पादन मात्र प्रयोग गरिनेछ। ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै उत्कृष्ट सेवा दिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

उद्घाटन समारोहमा बोल्दै गायकद्वय निमा रुम्बा र रामकृष्ण ढकालले इलोराले नेपालमा स्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित यात्रा सुरु गरेको भन्दै सफलताको शुभकामना व्यक्त गरे।

मोडल, ‘द विनर’ चलचित्रका अभिनेता तथा उद्यमी मन्चिन शाक्य र शशी पराजुलीको सहकार्यमा सञ्चालनमा आएको लाउन्जका सञ्चालक शाक्यले सेवाको गुणस्तरमा कुनै सम्झौता नगर्ने बताए। “हामी आधिकारिक र गुणस्तरीय उत्पादनमा विश्वास गर्छौं। यहाँ प्रयोग हुने कुनै पनि सामग्रीमा मिश्रण हुँदैन,” उनले भने।

सञ्चालक पक्षका अनुसार आधुनिक सुविधा, व्यावसायिक सेवा र ग्राहकमैत्री वातावरणमार्फत इलोरालाई काठमाडौंको उत्कृष्ट ब्युटी तथा हेयर केयर गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै