त्रिविको उपकुलपतिमा प्रा.डा. सुशिल बहादुर बज्राचार्य, आजदेखि पदबहाली – Sagarmathapana:: Online News Portal

त्रिविको उपकुलपतिमा प्रा.डा. सुशिल बहादुर बज्राचार्य, आजदेखि पदबहाली

   २०८३ बैशाख ३१ गते  

काठमाडौं।Tribhuvan University को रिक्त उपकुलपति पदको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा. सुशिल बहादुर बज्राचार्यलाई दिइएको छ ।

सम्माननीय प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपतिबाट वैशाख ३० गते गरिएको निर्णयअनुसार दैनिक कार्य सञ्चालन गर्ने जिम्मेवारीसहित उहाँलाई उपकुलपतिको जिम्मेवारी तोकिएको हो ।

प्रा.डा. बज्राचार्यले इन्जिनियरिङ अध्ययन संस्थानको डीनको जिम्मेवारीसमेत सम्हाल्ने गरी नियुक्ति पाउनुभएको हो । उहाँले बिहीबार कीर्तिपुरस्थित उपकुलपतिको कार्यालयमा पदबहाली गर्नुभएको छ ।

विश्वविद्यालयको प्रशासनिक तथा शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन नयाँ जिम्मेवारी दिइएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै