रवि लामिछानेको सांसद पद निलम्बनको मागसहित सर्वोच्चमा रिट – Sagarmathapana:: Online News Portal

रवि लामिछानेको सांसद पद निलम्बनको मागसहित सर्वोच्चमा रिट

   २०८३ बैशाख ९ गते  

काठमाडौं । Rabi Lamichhaneको प्रतिनिधिसभा सदस्य पद निलम्बनको माग गर्दै Supreme Court of Nepalमा रिट निवेदन पेस गरिएको छ।

कानुनका विद्यार्थी आयुष बडालले दायर गरेको उक्त रिटमा सहकारी रकम अपचलन, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेकाले लामिछानेको सांसद पद तत्काल निलम्बन गर्न परमादेश जारी गर्न माग गरिएको छ। यद्यपि, सर्वोच्च अदालत प्रशासनले रिटमाथि अध्ययन गरिरहेको र औपचारिक रूपमा दर्ता भने भइसकेको छैन।

मंगलबार पेस गरिएको निवेदनमा लामिछाने स्वयं, Federal Parliament Secretariat Nepal, सभामुख, Office of the Attorney General Nepal तथा गृह मन्त्रालयलाई विपक्षी बनाइएको छ।

रिटमा विभिन्न अदालतमा विचाराधीन मुद्दाको अन्तिम किनारा नलागेसम्म लामिछानेलाई सांसदको हैसियतमा कुनै पनि कार्य गर्न नदिन संसद् सचिवालयका नाममा आदेश जारी गर्न माग गरिएको छ।

निवेदनमा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४’ को दफा २७ उल्लेख गर्दै कुनै राष्ट्रसेवकविरुद्ध मुद्दा दायर भएमा अन्तिम फैसला नआउँदासम्म स्वतः निलम्बन हुने व्यवस्था रहेको जिकिर गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै