गृहमन्त्रीको राजीनामा माग ‘भ्रष्टलाई उन्मुक्ति दिने खेल’ मन्त्री सोबिता गौतम – Sagarmathapana:: Online News Portal

गृहमन्त्रीको राजीनामा माग ‘भ्रष्टलाई उन्मुक्ति दिने खेल’ मन्त्री सोबिता गौतम

   २०८३ बैशाख ९ गते  

काठमाडौं।कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम ले गृहमन्त्री सुदन गुरुङ को राजीनामा मागिनुलाई ‘भ्रष्ट तत्वलाई उन्मुक्ति दिने खेल’ को संज्ञा दिएकी छन्।

हालै आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गौतमले गृहमन्त्री गुरुङको बचाउ गर्दै उहाँको कार्यशैलीको खुलेर प्रशंसा गरिन्। उनले गुरुङले पछिल्लो १० दिनमा देखाएको सक्रियता र निर्णयक्षमता असाधारण रहेको दाबी गरिन्।

“उहाँले छोटो अवधिमा जुन हिम्मत र तत्परताका साथ काम गर्नुभएको छ, त्यो विगत एक दशकमा कुनै पनि नेताले गर्न सकेका थिएनन्,” मन्त्री गौतमले भनिन्।

गृहमन्त्रीको राजीनामा मागलाई लिएर बढ्दो राजनीतिक बहसतर्फ संकेत गर्दै उनले यस्तो अवस्थामा राजीनामा दिनु सुशासनको प्रक्रियामा अवरोध पुर्‍याउने चेतावनी दिइन्।

“अहिलेको अवस्थामा गृहमन्त्रीले राजीनामा दिनु भनेको मुलुकका भ्रष्ट तत्वहरूलाई सजिलै उन्मुक्ति दिनु र सुशासनको मार्ग अवरुद्ध गर्नु जस्तै हो,” उनले थपिन्।

हाल गृहमन्त्री गुरुङको भूमिकालाई लिएर राजनीतिक वृत्तमा बहस चर्किँदै गएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै