विद्युतीय सवारीले बढी भाडा लिए कारबाही हुने
काठमाडौं।यातायात व्यवस्था विभाग ले विद्युतीय सवारी साधनले यात्रुसँग तोकिएको भन्दा बढी भाडा असुल गरे कडा कारबाही गर्ने चेतावनी दिएको छ।
विभागले सार्वजनिक सूचना जारी गर्दै डिजेल इन्जिनबाट सञ्चालन हुने सवारी साधनमा भने स्वचालित भाडा समायोजन प्रणालीअनुसार भाडा वृद्धि लागू हुने स्पष्ट पारेको छ। तर, विद्युतीय सवारी साधनको हकमा उक्त प्रणाली लागू नहुने भएकाले मनपरी भाडा लिन नपाइने विभागले जनाएको छ।
विभागले यात्रुहरूलाई पनि तोकिएको भाडा मात्रै तिर्न र बढी असुली भएमा सम्बन्धित निकायमा उजुरी दिन आग्रह गरेको छ। साथै, नियम उल्लङ्घन गर्ने सवारी चालक तथा व्यवसायीमाथि कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।












