गृहमन्त्री Sudhan Gurung र Rabi Lamichhane बीच बूढानीलकण्ठमा भेटवार्ता – Sagarmathapana:: Online News Portal

गृहमन्त्री Sudhan Gurung र Rabi Lamichhane बीच बूढानीलकण्ठमा भेटवार्ता

   २०८३ बैशाख ८ गते  

काठमाडौँ । गृहमन्त्री Sudhan Gurung र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति Rabi Lamichhane बीच भेटवार्ता भएको छ। गृहमन्त्री गुरुङ आज बूढानीलकण्ठस्थित लामिछानेको निवासमा पुगेका हुन्।

हालै विवादास्पद व्यापारी Deepak Bhatt समूहको लगानी रहेको लघुबिमा कम्पनीमा गृहमन्त्रीको संस्थापक सेयर रहेको विषय सार्वजनिक भएपछि उनी आलोचनामा परेका छन्। उक्त विषय सार्वजनिक भएसँगै सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म उनको राजीनामाको माग उठिरहेको छ।

गृहमन्त्री गुरुङले भने उक्त सेयर ऋणमार्फत लिएको दाबी गर्दै सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन्। तर सम्पत्ति विवरणमा सो लगानी नदेखाएको भन्दै उनीमाथि थप प्रश्न उठाइँदै आएको छ।

चैत १३ गते गृहमन्त्री नियुक्त भएका गुरुङमाथि चर्को आलोचना बढिरहेका बेला पार्टी सभापति लामिछानेसँगको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। भेटमा पछिल्लो विवाद र आगामी राजनीतिक कदमबारे छलफल भएको अनुमान गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै