लडाइँ लामो छ, नयाँ पुस्ता तयार रहनुहोस्” नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको चेतावनी – Sagarmathapana:: Online News Portal

लडाइँ लामो छ, नयाँ पुस्ता तयार रहनुहोस्” नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको चेतावनी

   २०८३ बैशाख ८ गते  

लडाइ लामो छ नया पुस्ताका साथीहरू लडाइ लड्न थयार रहनु होला अब इतिहास रच्ने बेला तपाइहरूको हो 

काठमाडौँ – नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पा ले सरकारद्वारा विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णयबारे गगन थापा सँग पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आग्रह गरेका छन्।

नेविसंघको स्थापना दिवसको अवसरमा जारी भिडियो सन्देशमा शेर्पाले यस्तो निर्णयलाई अलोकतान्त्रिक र असंवैधानिक भएको टिप्पणी गर्दै, पार्टी नेतृत्वको मौनताप्रति असन्तुष्टि व्यक्त गरे। उनले विद्यार्थी आन्दोलनमाथि भएको हस्तक्षेपविरुद्ध नेपाली कांग्रेस ले स्पष्ट धारणा राख्दै संसदमा सशक्त रूपमा आवाज उठाउनुपर्ने बताएका छन्।

शेर्पाले पार्टी नेतृत्वलाई स्मरण गराउँदै भनेका छन् कि विद्यार्थी आन्दोलनकै जगमा पार्टी नेतृत्व स्थापित भएको हो, त्यसैले वर्तमान परिस्थितिमा पनि त्यसको पक्षमा उभिनु आवश्यक छ।

त्यसैगरी, नेविसंघको १२औँ महाधिवेशन विधान अभावका कारण अघि बढ्न नसकेको उल्लेख गर्दै उनले आवश्यक विधान उपलब्ध गराउन माग गरेका छन्। यदि विधान दिन नसकिने हो भने वर्तमान केन्द्रीय कार्यसमिति भंग गरेर नयाँ निकास दिन पनि उनले आग्रह गरेका छन्।

उनका अनुसार विद्यार्थी आन्दोलनलाई प्रभावकारी रूपमा अघि बढाउन स्पष्ट संरचना र नीति आवश्यक छ, जसका लागि पार्टी नेतृत्वले शीघ्र निर्णय लिनुपर्ने देखिन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै