रास्वपाको महामन्त्रीमा भूपदेव शाह चयन
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्रीमा चयन गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
शाह यसअघि पार्टीका केन्द्रीय सदस्यका रूपमा सक्रिय थिए। नयाँ जिम्मेवारीसँगै पार्टीको संगठन सुदृढीकरण र नीतिगत काममा उनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।















