चलचित्र पत्रकार संघको नयाँ नेतृत्वलाई चलचित्र विकास बोर्डको बधाई
काठमाडौं।चलचित्र पत्रकार संघ नेपाल को नव निर्वाचित कार्यसमितिलाई चलचित्र विकास बोर्ड ले बधाई तथा शुभकामना व्यक्त गरेको छ।
बोर्डले एक कार्यक्रम आयोजना गर्दै संघको नयाँ नेतृत्वलाई औपचारिक रूपमा सम्मान गरेको हो। कार्यक्रममा बोर्डका अध्यक्ष Dinesh D C, बोर्ड सदस्यहरू तथा चलचित्र क्षेत्रसँग आबद्ध विभिन्न संघ–संस्थाका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


हालै सम्पन्न संघको १०औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो। वैशाख ५ गते सम्पन्न महाधिवेशनले अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन्।
कार्यक्रममा बोल्दै वक्ताहरूले नयाँ नेतृत्वले नेपाली चलचित्र पत्रकारिताको विकास, व्यावसायिकता अभिवृद्धि तथा क्षेत्रको समग्र उन्नतिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। साथै, चलचित्र क्षेत्रसँग सम्बन्धित सबै सरोकारवालाबीच सहकार्य र समन्वयलाई अझ मजबुत बनाउने अपेक्षा पनि गरिएको छ।















