नारायणगढमा ‘तेनोकुर्सी’ को विशेष प्रदर्शन, बैसाख २६ मा ढोगभेट कार्यक्रम – Sagarmathapana:: Online News Portal

नारायणगढमा ‘तेनोकुर्सी’ को विशेष प्रदर्शन, बैसाख २६ मा ढोगभेट कार्यक्रम

   २०८३ बैशाख ६ गते  

चितवन।गुरुङ समुदायको मौलिक संस्कृति र परम्परामा आधारित नेपाली चलचित्र ‘तेनोकुर्सी’ नारायणगढमा विशेष रूपमा प्रदर्शन हुने भएको छ। चलचित्रको “तेनोकुर्सी (ढोगभेट) फुकाउने” कार्यक्रम बैसाख २६ गते शनिबार दिनको १२:०० बजे नारायणगढस्थित इन्द्रदेव चलचित्र भवनमा आयोजना गरिने आयोजकले जानकारी दिएका छन्।


चलचित्रमा पर्वत गुरुङ, राजेश गुरुङ, टिकराम घले, ओम गुरुङ, भीमबहादुर गुरुङ, थमन गुरुङ, खुशी माया गुरुङ, बबिता गुरुङ, अलिसा गुरुङ, पूजा गुरुङ र रीना गुरुङको अभिनय रहेको छ।


यस चलचित्रका निर्देशक सुभाष गुरुङ (गणेश) रहेका छन् भने निर्माणतर्फ चन्द्र गुरुङ, भीमबहादुर गुरुङ, कुमार गुरुङ, जयलक्ष्मी गुरुङ र ज्ञानबहादुर गुरुङको लगानी रहेको छ।

गुरुङ समुदायको संस्कृति, परम्परा र सामाजिक जीवनलाई समेटिएको ‘तेनोकुर्सी’ प्रति दर्शकमा उत्साह बढ्दो देखिएको छ। आयोजकले चितवनवासी सम्पूर्ण दर्शकलाई कार्यक्रममा उपस्थित भई चलचित्रको अवलोकन गर्न हार्दिक निमन्त्रणा दिएका छन्।

स्थानीय स्तरमै निर्माण गरिएको यस्तो सांस्कृतिक चलचित्रले समुदायको पहिचान जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै