राष्ट्रपति पौडेलको उपस्थितिमा राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले शपथ ग्रहण – Sagarmathapana:: Online News Portal

राष्ट्रपति पौडेलको उपस्थितिमा राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले शपथ ग्रहण

   २०८२ चैत्र २४ गते  

काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन शाह को उपस्थितिमा राष्ट्रियसभाकी नवनियुक्त उपाध्यक्ष लीला कुमारी भण्डारी ले पद तथा गोपनीयताको शपथ लिएकी छन्।

शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाल ले भण्डारीलाई शपथ गराएका हुन्।

नवनियुक्त उपाध्यक्ष भण्डारीले संविधानप्रति पूर्ण निष्ठा राख्दै आफ्नो जिम्मेवारी निष्पक्ष र इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। समारोहमा विभिन्न उच्चपदस्थ सरकारी अधिकारी, राजनीतिक दलका नेताहरू तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

राष्ट्रियसभाको उपाध्यक्ष पदमा भण्डारीको नियुक्तिलाई संसदीय कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने अपेक्षाका रूपमा हेरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै