मन्त्रिपरिषद्को मर्यादाक्रममा ठूलो हेरफेर – Sagarmathapana:: Online News Portal

मन्त्रिपरिषद्को मर्यादाक्रममा ठूलो हेरफेर

   २०८२ चैत्र २४ गते  

काठमाडौं।प्रधानमन्त्री बालेन्द्र शाह को सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेल ले मन्त्रिपरिषद्को मर्यादाक्रममा व्यापक हेरफेर गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ७६ (९) बमोजिम नयाँ मर्यादाक्रम लागू गरिएको हो।

नयाँ व्यवस्थाअनुसार अर्थमन्त्री स्वर्णिम वाग्ले दोस्रो स्थानमा यथावत रहेका छन्। परराष्ट्रमन्त्री शिशिर खनाल तेस्रो र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ चौथो स्थानमा उक्लिएका छन्।

यसैगरी गृहमन्त्री सुधन गुरुङ पाँचौँ स्थानमा झरेका छन्। मन्त्रीहरू सोविता गौतमसीता बादी क्रमशः सातौँ र आठौँ स्थानमा परेका छन्।

मर्यादाक्रम घट्ने मन्त्रीहरूमा खड्कराज पौडेल १२औँ र सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना १३औँ स्थानमा पुगेका छन्। त्यस्तै श्रममन्त्री दिपककुमार साह लाई मर्यादाक्रमको अन्तिम स्थानमा राखिएको छ।

सरकारले यो हेरफेरलाई कार्यसम्पादन, जिम्मेवारी र समन्वयलाई प्रभावकारी बनाउन गरिएको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै