प्रधानमन्त्री शाहको नयाँ निर्देशन: सरकारी कार्यालयमा फोटो झुण्ड्याउन अब अनुमति छैन – Sagarmathapana:: Online News Portal

प्रधानमन्त्री शाहको नयाँ निर्देशन: सरकारी कार्यालयमा फोटो झुण्ड्याउन अब अनुमति छैन

   २०८२ चैत्र २२ गते  

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले सरकारी कार्यालयमा अनावश्यक खर्च रोक्ने उद्देश्यले नयाँ निर्देशन जारी गरेको छ।

नयाँ सर्कुलरअनुसार, अब सरकारी कार्यालयका हरेक कोठामा प्रधानमन्त्रीको फोटो अनिवार्य रूपमा झुण्ड्याउन नपाइने व्यवस्था गरिएको छ। आवश्यक परेको अवस्थामा मात्र फोटो राख्न सकिने उल्लेख गरिएको छ।

सर्कुलरले पुरानो परम्परा—कोठा–कोठामा फोटो राखेर अनावश्यक खर्च बढाउने चलन—रोक्ने लक्ष्य राखेको छ। यस निर्णयलाई मितव्ययी शासनतर्फको अर्को कदमका रूपमा हेरिएको छ।

सरकारी अधिकारीहरूले अब केवल आवश्यकताअनुसार मात्रै फोटो राख्ने व्यवस्था मिलाउनुपर्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै