डोलप्रसाद अर्याल आज औपचारिक रूपमा सभामुख घोषणा हुँदै
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल लाई आज प्रतिनिधि सभाको सभामुख पदमा औपचारिक रूपमा घोषणा गरिने भएको छ।
संघीय संसद् भवन, सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा उनलाई सभामुख पदमा औपचारिक घोषणा गरिने कार्यसूची तय गरिएको छ।


अर्याल यसअघि शुक्रबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका हुन्। उनको उम्मेदवारीमा रास्वपाका सभापति रवि लामिछाने प्रस्तावक रहेका थिए भने सांसदहरू स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल समर्थक रहेका थिए।
सभामुख पदमा अर्यालको औपचारिक घोषणा सँगै संसद्को नेतृत्वमा नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ।













