उच्च प्रोफाइल व्यक्तिहरू पक्राउ: सरकारको कदमप्रति जनस्तरबाट समर्थन
काठमाडौं:देशमा पछिल्लो समय विभिन्न भ्रष्टाचार तथा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा उच्च प्रोफाइल व्यक्तिहरूको पक्राउ क्रम तीव्र बनेको छ। यस क्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहित विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिहरू अनुसन्धानको दायरामा परेका छन्।
हालसम्म पक्राउ परेका तथा कानुनी प्रक्रियामा रहेका व्यक्तिहरूको विवरण यस प्रकार छः
- केपी शर्मा ओली – हिरासतमा
- रमेश लेखक – हिरासतमा
- कर्णबहादुर मल्ल – हिरासतमा
- दिपक खड्का – हिरासतमा
- रेखा शर्मा – हिरासतमा
- राजकुमार अर्याल – हिरासतमा
- छवि रिजाल – हाजिरी जमानीमा रिहा
- दीपक भट्ट – हिरासतमा
- शंकर अग्रवाल – हिरासतमा
- शुलभ अग्रवाल – हिरासतमा
सरकारले प्रभावशाली व्यक्तिहरूमाथि समेत कारबाही अघि बढाएको भन्दै सर्वसाधारण नागरिकले यसको स्वागत गरेका छन्। सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म “कानून सबैका लागि समान हुनुपर्छ” भन्ने धारणा बलियो हुँदै गएको देखिन्छ।
यसैबीच,प्रधानमन्त्री बालेन शाह नेतृत्वप्रति सकारात्मक प्रतिक्रिया आइरहेको छ। भ्रष्टाचार र अनियमितता विरुद्ध कडा कदम चालिएको भन्दै सरकारलाई अझ दृढ भएर अघि बढ्न नागरिकहरूले शुभकामना व्यक्त गरिरहेका छन्।


विशेषज्ञहरूका अनुसार यस्ता कदमले सुशासन स्थापना, कानुनी शासनको मजबुती र राज्यप्रति जनविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ। तर, कानुनी प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्नेमा पनि उनीहरूले जोड दिएका छन्।
सरकारको यो अभियान आगामी दिनमा कत्तिको प्रभावकारी हुन्छ भन्ने कुराले देशको राजनीतिक तथा प्रशासनिक दिशालाई निर्धारण गर्ने अपेक्षा गरिएको छ।













