म्यानमारमा मिन आङ हालाङ राष्ट्रपति निर्वाचित, पाँच वर्षपछि औपचारिक सत्तारोहण
काठमाडौं:म्यानमारका सैनिक शासक Min Aung Hlaing देशको राष्ट्रपति पदमा निर्वाचित भएका छन्। सैनिक समर्थित संसदबाट भएको मतदानमा उनले ५ सय ८४ मध्ये ४ सय २९ मत प्राप्त गर्दै स्पष्ट बहुमतसहित विजय हासिल गरेका हुन्।
सन् २०२१ मा सैन्य कू गर्दै निर्वाचित सरकार हटाएका हालाङ पाँच वर्षपछि औपचारिक रूपमा देशको सर्वोच्च पदमा पुगेका हुन्। उक्त कूका क्रममा नोबेल शान्ति पुरस्कार विजेता Aung San Suu Kyi को नेतृत्वको सरकार अपदस्थ गरिएको थियो र उनलाई नजरबन्दमा राखिएको थियो।
संविधानअनुसार राष्ट्रपति बनेपछि हालाङले सेना प्रमुखको पद भने छाडेका छन्। यद्यपि, म्यानमारमा जारी गृहयुद्ध अझै चर्किँदै गएको छ। सैनिक शासनविरुद्ध विभिन्न समूहहरूले संयुक्त मोर्चा बनाएर संघर्ष जारी राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
म्यानमारको पछिल्लो राजनीतिक घटनाक्रमले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा थप चासो र चिन्ता बढाएको छ।












