नवनिर्वाचित सभामुख डीपी अर्यालले आइतबार शपथ लिने – Sagarmathapana:: Online News Portal

नवनिर्वाचित सभामुख डीपी अर्यालले आइतबार शपथ लिने

   २०८२ चैत्र २० गते  

काठमाडौं।प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल ले आइतबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

राष्ट्रपति कार्यालय शीतल निवास मा दिउँसो २ः३० बजे शपथ ग्रहणको विशेष समारोह आयोजना गरिने तय भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद अर्याल चैत २१ गते सम्पन्न निर्वाचनमार्फत प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित भएका हुन्।

नेपालको संविधानको धारा ९१ अनुसार निर्वाचित सभामुखलाई राष्ट्रपतिबाट शपथ गराउने संवैधानिक व्यवस्था रहेको छ।

राष्ट्रपति कार्यालयका अनुसार शपथ समारोहका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ। कार्यक्रममा प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै