रास्वपाबाट सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता – Sagarmathapana:: Online News Portal

रास्वपाबाट सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

   २०८२ चैत्र २० गते  

काठमाडौं । डोलप्रसाद अर्याल (डीपी) लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभामुख पदको उम्मेदवारका रूपमा अघि सारेको छ।

शुक्रबार रास्वपाका तर्फबाट अर्यालले सभामुख पदमा औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन्। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी ले जानकारी दिँदै पार्टीले अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको बताए।

उनका अनुसार सभामुख चयनका लागि अन्य दलहरूसँग पनि छलफल जारी रहेको छ। उपसभामुखबारे भने हाल कुनै निर्णय नभएको र सभामुखको निर्वाचनपछि मात्रै त्यस विषयमा छलफल हुने उनले स्पष्ट पारे।

अर्यालको उम्मेदवारीका प्रस्तावकमा रास्वपाका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने रहेका छन्।

संघीय संसद सचिवालयले शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो। दर्ता सम्पन्न भएपछि आजै दिउँसो साढे २ बजे उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन गरिनेछ।

सभामुख पदको निर्वाचन भने चैत २२ गते हुने तय भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै