दल फरक भए पनि देश एउटै, अब रगत होइन पसिना बगाऔँ”-भीष्मराज आङ्देम्बे – Sagarmathapana:: Online News Portal

दल फरक भए पनि देश एउटै, अब रगत होइन पसिना बगाऔँ”-भीष्मराज आङ्देम्बे

   २०८२ चैत्र १९ गते  

काठमाडौं।नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले राजनीतिक दलहरूबीच मतभिन्नता भए पनि देश निर्माणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ। प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उहाँले मुलुकको भविष्यसँग सबैको साझा जिम्मेवारी जोडिएको उल्लेख गर्नुभयो।

संसद्‌मा बोल्दै आङ्देम्बेले भन्नुभयो, “हामी भिन्न आस्था बोके पनि एउटै नौकामा छौँ; डुबे सबै सँगै डुब्छौँ, उठे सबै सँगै उठ्छौँ।” उहाँले अब देशमा फेरि रगत बग्ने अवस्था आउन नदिन सबैले मिलेर ‘पसिना बगाउने’ समय आएको बताउनुभयो।

उहाँले २००७ सालको क्रान्तिदेखि पछिल्ला आन्दोलनसम्म सहिदहरूले गरेको त्यागको स्मरण गर्दै ती उपलब्धिहरूको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो। साथै, नयाँ सरकारलाई बधाई दिँदै नेपाली कांग्रेसले संसद्मा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

आङ्देम्बेले सुशासन, पारदर्शिता र जनमुखी परिवर्तनका लागि आफ्नो दल सधैँ खबरदारी भूमिकामा रहने स्पष्ट पार्नुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै