काठमाडौं–३ बाट कुलमानको उम्मेदवारी घोषणा,भारी मतले जित्ने दाबी – Sagarmathapana:: Online News Portal

काठमाडौं–३ बाट कुलमानको उम्मेदवारी घोषणा,भारी मतले जित्ने दाबी

   २०८२ माघ ६ गते  

काठमाडौं।पूर्व नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा संघीय सरकारका पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं ‘उज्यालो नेपाल पार्टी’का प्रमुख कुलमान घिसिङले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा घिसिङले जनताको व्यापक समर्थनका साथ आफू भारी मतले चुनाव जित्ने दाबी गरे ।

घिसिङले देशमा सुशासन, पारदर्शिता र दिगो विकासका लागि सक्रिय राजनीति आवश्यक भएको उल्लेख गर्दै जनताको आवाज संसदमा पुर्‍याउने उद्देश्यसहित चुनावी मैदानमा उत्रिएको बताए । “म विगतमा जिम्मेवारीमा रहँदा परिणाममुखी काम गरेर देखाइसकेको छु । अब त्यो अनुभव संसदमा प्रयोग गर्न चाहन्छु,उनले भने ।

उनले काठमाडौं–३ का मतदाताले परिवर्तन चाहेको उल्लेख गर्दै युवा, श्रमिक, व्यवसायी तथा आम नागरिकको व्यापक साथ आफूलाई प्राप्त भइरहेको दाबी गरे । शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र ऊर्जा क्षेत्रको दिगो विकासलाई आफ्नो प्राथमिक एजेन्डा बनाउने प्रतिबद्धता पनि उनले जनाए ।

कार्यक्रममा सहभागी समर्थकहरूले कुलमानको उम्मेदवारीले काठमाडौं–३ को चुनावी प्रतिस्पर्धा थप रोचक र प्रतिस्पर्धात्मक हुने बताएका छन् । यस क्षेत्रमा यसपटक कडा चुनावी भिडन्त हुने अनुमान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै