७० लाख घुस प्रकरण : झलक राम अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा
काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलक राम अधिकारी सहित तीन जनाविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ।
आयोगले राजस्व चुहावटसम्बन्धी अनुसन्धान प्रभावित पार्ने उद्देश्यले ७० लाख रुपैयाँ घुस लिएको आरोप लगाउँदै उक्त मुद्दा विशेष अदालत मा दायर गरेको जनाएको छ।
अनुसन्धानका क्रममा घुसस्वरूप प्राप्त रकम विभिन्न माध्यमबाट रूपान्तरण गरी जग्गा खरिद तथा एक रिसोर्टको ऋण तिर्न प्रयोग गरिएको खुलेको आयोगको दाबी छ।
आयोगका अनुसार उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत कैद र जरिवानाको माग गर्दै मुद्दा दायर गरिएको हो।
मुद्दासम्बन्धी थप अनुसन्धान र सुनुवाइ विशेष अदालतमा हुने आयोगले जनाएको छ।












