सिङ्गापुरमा नेपाली स्वादको पहिचान बन्दै ‘Singapore Cafe’
भिमबहादुर गुरुङको सिङ्गापुरमा स्थापित नेपाली स्वादको केन्द्र,नेपाली स्वादको पहिचान बन्दै ‘Singapore Cafe’
सिङ्गापुर।सिङ्गापुरमा बसोबास गर्ने नेपाली समुदाय मात्र होइन, विभिन्न देशका खानाप्रेमीहरूका बीच ‘Singapore Cafe’ नेपाली स्वादको प्रमुख र विश्वसनीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। जोओ सेन रोडस्थित गोर्खा क्याम्प नजिकै अवस्थित यस क्याफेले नेपालकै घरायसी स्वाद र आत्मीय वातावरण प्रदान गर्दै ग्राहकहरूको मन जित्न सफल भएको छ।
नेवारी, थकाली, नेपाली, चिनियाँ, इण्डियन तथा पञ्जाबी परिकारहरू एकै स्थानमा उपलब्ध गराउँदै आएको Singapore Cafe ले सिङ्गापुरमै पहिलोपटक नियमित रूपमा ढिडो र थकाली खाना उपलब्ध गराएर छुट्टै पहिचान बनाएको छ। यहाँ ढिडो सेट, थकाली खाना, सेकुवा, मःमः, पानीपुरी, दहीपुरीदेखि फिस एण्ड चिप्ससम्मका विविध परिकारहरू स्वच्छता, स्वाद र गुणस्तरमा कुनै सम्झौता नगरी परोसिँदै आएका छन्।


क्याफेका सञ्चालक भिमबहादुर गुरुङ सन् २००७ देखि सिङ्गापुरमा निरन्तर रूपमा रेस्टुरेन्ट व्यवसायमा सक्रिय रहँदै आएका छन्। उनी केवल सफल व्यवसायी मात्र नभई अनुभवी सेफसमेत हुन्। क्याफेको भान्सामा उनी स्वयं संलग्न भएर नेपाली स्वादलाई जीवन्त बनाइरहेका छन्, जसले ग्राहकहरूमा थप विश्वास र आकर्षण सिर्जना गरेको छ।
गुरुङ सिङ्गापुरस्थित नेपाली समुदायमा मात्र नभई विश्वभर रहेका नेपालीहरूबीच चिरपरिचित एनआरएनए अभियन्ता, समाजसेवी तथा सफल व्यवसायीका रूपमा परिचित छन्। विभिन्न देशबाट सिङ्गापुर आउने नेपाली पाहुनाहरू प्रायः उनीसँग भेटघाट गर्ने गर्छन्। उनलाई भेट्ने धेरैले “अत्यन्तै भलाद्मी, सहयोगी र नेपालीपन झल्किने व्यक्तित्व” भन्दै उच्च सम्मान व्यक्त गर्ने गरेका छन्।


दस जनादेखि चारसय जनासम्मका समूहका लागि ग्रुप अर्डर व्यवस्थापन गर्न सक्ने क्षमताले Singapore Cafe लाई सिङ्गापुरमा आयोजना हुने नेपाली कार्यक्रम, पारिवारिक जमघट तथा सामूहिक भोजको पहिलो रोजाइ बनाएको छ।
सिङ्गापुरमा घरदेशको स्वाद, आत्मीयता र नेपाली संस्कृतिको अनुभूति खोज्ने नेपाली, विदेशी मित्र तथा पाहुनाहरूका लागि Singapore Cafe आज विश्वास, स्वाद र अपनत्वले भरिएको नेपाली पहिचानको केन्द्रका रूपमा उभिएको छ।












