पहिरो झर्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुला – Sagarmathapana:: Online News Portal

पहिरो झर्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुला

   २०८१ श्रावण २३ गते  

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा पहिरो झर्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी खुलेको छ ।

आज बिहान करिब ७ बजेतिर ठूला ढुंगा सहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो । करिब ८ बजेदेखि पहिरो पन्छाउन सुरु गरिएको प्रहरीले जनाएको छ ।

पहिरो पन्छाउन चारवटा लोडर र एक्सकाभेटर प्रयोग गरिएको थियो ।

नाग्दी खोलाको पहिरो आंशिक हटाएर एकतर्फी खुला गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिएका छन् । राजमार्ग दुईतर्फी सडक खुल्न अझै केही समय लाग्ने उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै