1st International Wado Ryu Karate Seminar and Championship 2025” सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न – Sagarmathapana:: Online News Portal

1st International Wado Ryu Karate Seminar and Championship 2025” सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न

   २०८२ कार्तिक १२ गते  

काठमाडौं।बुढानीलकण्ठ नगरपालिका खेलकुद विकास बोर्ड र वादोरियो कराँते डो. रेन्मेई संघ नेपालको संयुक्त आयोजनामा हुन गइरहेको “1st International Wado Ryu Karate Seminar and Championship 2025” सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न भएको छ।

पत्रकार सम्मेलनमा बुढानीलकण्ठ नगरपालिका खेलकुद विकास बोर्डका अध्यक्ष सुमन तामाङ, उपाध्यक्ष दीपक तामाङ, सदस्य विराज राना लगायत बोर्डका पदाधिकारीहरुको उपस्थिति रहेको थियो। त्यस्तै, वादोरियो कराँते डो. रेन्मेई संघ नेपालका अध्यक्ष तथा प्रमुख प्रशिक्षक बाबुराम लामा, प्रशिक्षक कृष्णशरण खड्का, हिमाल सिंह, देवेश थापा, नारायण श्रेष्ठ, विजेन्द्र पुडासैनी लगायतका प्रशिक्षक तथा खेलकर्मीहरु उपस्थित थिए।

कार्यक्रमका क्रममा आयोजक संस्थाले आगामी कार्तिक १४ गते शुक्रबार देखि १६ गते आइतबार सम्म आयोजना हुने उक्त अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताबारे जानकारी दिएको थियो। कार्यक्रममा नेपालसहित भारत,पाकिस्तान, बंगलादेश, श्रीलंका, इन्डोनेशिया र UAE का खेलाडीहरुको सहभागिता रहनेछ।नेपालबाट करिब २५० जना खेलाडी सहभागी हुने जनाइएको छ।


आयोजक संस्थाका अनुसार, प्रतियोगिताको उद्देश्य नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव दिलाउनु र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा आयोजना गरेर कराँते खेलको विकासमा योगदान पुर्‍याउनु रहेको छ।

कार्यक्रमको अन्त्यमा आयोजक समितिले सबै पत्रकार र सञ्चारकर्मीहरुलाई कार्यक्रममा उपस्थित भई जानकारी प्रवाह गर्न सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेको थियो।


फेसबुकबाट तपाईको प्रतिक्रिया सबै