सल्यानमा जीप दुर्घटना,३ जनाको मृत्यु र २ गम्भीर घाइते – Sagarmathapana:: Online News Portal

सल्यानमा जीप दुर्घटना,३ जनाको मृत्यु र २ गम्भीर घाइते

   २०८२ आश्विन १२ गते  

सल्यान।रुकुम पश्चिमबाट दाङतर्फ जाँदै गरेको यात्रुवाहक गाडी सल्यानमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन्।

लु २ ख ६५०२ नम्बरको फोर्स गाडी आइतबार सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा दुर्घटनाग्रस्त भएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार गाडी करिब ४ सय मिटर तल खसेको थियो।

घटनास्थलमै बाँफिकोट गाउँपालिका–५ का २७ वर्षीय प्रकाश केसी, ६८ वर्षीया पवि केसी र २७ वर्षीय शशिधर केसीको मृत्यु भएको पुष्टि भएको छ।

उक्त गाडीमा सवार ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसी गम्भीर घाइते भएका छन्। उनीहरूलाई राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाको समयमा गाडी कसले चलाइरहेको थियो भन्ने अहिलेसम्म प्रष्ट हुन सकेको छैन। परिवारजनका अनुसार सवारहरू उपचारका लागि घोराही जाँदै गरेका थिए। गाडी राति नै दाङ पुगेको र बिहान यात्रु लिएर फर्किने तालिका रहेको बुझिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै