जोगवनीमा तनाव, नेपाली नागरिकको आवागमन रोक – Sagarmathapana:: Online News Portal

जोगवनीमा तनाव, नेपाली नागरिकको आवागमन रोक

   २०८२ आश्विन ११ गते  

विराटनगर।भारतको जोगवनी बजारमा उत्पन्न तनावका कारण नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ। साम्प्रदायिक विवाद तीव्र बनेपछि दंगा भड्किन सक्ने सम्भावना देखिएकोले तत्कालका लागि नेपाली नागरिकलाई जोगवनी प्रवेशमा रोक लगाइएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार शुक्रबार बिहानदेखि दुई समुदायबीचको विवाद चर्किएपछि झडपको स्थिति देखिएको हो। सुरक्षा संवेदनशीलता हेरी विराटनगरको रानी नाकाबाट जोगवनीतर्फको आवागमन बन्द गरिएको उनले जानकारी दिए।


यादवका अनुसार परिस्थिति सामान्य नहुँदासम्म नेपाली नागरिकलाई जोगवनी प्रवेशमा रोक लाग्नेछ। यता सीमा क्षेत्रमा सशस्त्र प्रहरी र स्थानीय प्रशासन उच्च सतर्कतामा रहेको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै