सेन्ट जर्ज स्कूलमा‘विश्व स्कूल दूध दिवस’कार्यक्रम सम्पन्न – Sagarmathapana:: Online News Portal

सेन्ट जर्ज स्कूलमा‘विश्व स्कूल दूध दिवस’कार्यक्रम सम्पन्न

   २०८२ आश्विन ९ गते  

काठमाडौं।‘विश्व स्कूल दूध दिवस’अवसरमा नेपाल डेरी एसोसिएशनले उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा राजधानी काठमाडौंको हाँडीगाउँमा रहेको सेन्ट जर्ज स्कूलमा रहेका विद्यार्थीहरुलाई दूध पान गराई दिवस मनाएको छ ।

उक्त कार्यक्रममा नेपाल डेरी एसोसिएशनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दीपप्रसाद धमला, मनोज कुमार घिमिरे, केन्द्रीय सदस्य रमेश सन्जेल, कुल प्रसाद धमला, चेतनाथ दाहाल ( केदार ), नवराज तिमल्सिना, शिव घिमिरे, रविशरण थापा, डेरी एसोसिएशन वाग्मती प्रदेशका कोषाध्यक्ष दिपक सन्जेल, राष्ट्रिय दुग्ध विकास बोर्डका अधिकृत शंकर अधिकारी, नेपाल कृषि तथा पशुपंक्षी व्यवसायी संघका अध्यक्ष टिकाप्रसाद घिमिरे, संघकै महासचिव श्रीकृष्ण भण्डारी, रोटरी क्लब अफ कपनका पदाधिकारीहरू लगायतका विशेष व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

नेपालमा विश्व स्कूल दूध दिवस सन् २०१६ सालबाट नेपाल डेरी एसोसिएशनले मनाउन शुरु गरेको हो।यस वर्ष  बालबालिकाको स्वास्थ्य त उज्ज्वल भविष्य दैनिक दूध अनिवार्य ’ भन्ने नाराका साथ देशै भर एसोसिएशनका प्रदेश र जिल्ला समितिहरुले विभिन्न कार्यक्रम गरी मनाइएका छन् ।

उक्त कार्यक्रममा सेन्ट जर्ज स्कूलका प्रिन्सिपल मेघराज बजगाईले उपस्थित सबैलाई स्वागत गर्दै यसरी स्कूलमा कार्यक्रम गरेकोमा आयोजक सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता किसिमका कार्यक्रमहरु गर्न आग्रह गरेका छन्।त्यसैगरी, कार्यक्रममा बोल्दै प्रमुख अतिथि नरेशलाल श्रेष्ठले विश्व स्कूल दूध दिवस विश्वभर बालबालिकाहरुले दुध सेवन गर्नबाट बन्चित हुन नपरोस् भनी मनाउन शुरु गरिएको एउटा वार्षिक कार्यक्रम भनेर बताए । जसले स्कूलमा पढ्ने विद्यार्थीहरुले दुध किन सेवन गर्नुपर्छ भन्ने विषयमा जानकारी गराउन महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । यसले बालबालिकाहरुमा पोषण, स्वास्थ्य र पढाइमा सुधार ल्याउन दूधको भूमिका माथि जोड दिन्छ । यो संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन ( एफ ए ओ ), अन्तर्राष्ट्रिय डेरी महासंघलगायतका संस्थाहरूले समर्थन गरी विश्वभर कार्यक्रम गरेर मनाउने दिवस हो ।यस्तै, नेपाल डेरी एसोसिएशनका केन्द्रीय उपाध्यक्ष दिप प्रसाद धमलाले दुध उत्पादन र डेरी उद्योगमा संलग्न कृषकहरू र स्थानिय समुदायलाई पनि सुदृढ बनाउने अवसर जुट्ने र जनचेतना फैंलिदा खपतमा वृद्धि हुने बताए ।

त्यस्तै, उक्त कार्यक्रममा नेपाल डेरी एसोसिएशनका केन्द्रीय सदस्य रमेश सन्जेलले यस वर्ष २०२५ को ‘ विश्व स्कूल दूध दिवस ’ सेप्टेम्बर २४ मा पर्‍यो । यो दिवस विश्वभर सेप्टेम्बर महिनाको अन्तिम बुधबार मनाइने गरिन्छ । यो दिन खासै विश्वभर कहीँ कतै पनि सार्वजनिक बिदा नहुने कुरा सन्जेलले बताए ।

राष्ट्रिय दुग्ध विकास बोर्डका अधिकृत शंकर अधिकारीले स्कूल दुध कार्यक्रमद्वारा बालबालिकाहरुलाई नियमित रुपमा पौष्टिक दूध पहुँच सुनिश्चित गर्ने बताए । पोषण अभाव हड्डी मजबूत राख्न, प्रोटीन, क्याल्सियम, भिटामिन तथा अन्य खनिज पदार्थहरू प्राप्त गर्न मद्दत पुर्याउने छ । शिक्षा र अध्ययन प्रदर्शन सुधार गर्ने, तागत, स्वास्थ्य राम्रो हुँदा विद्यार्थीहरू विद्यालयमा मन लागेर पढ्न सक्षम हुन्छन् भन्ने कुरा अधिकारीले बताए । उक्त कार्यक्रममा नेपाल डेरी एसोसिएशनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाले विश्वविद्यालय, सरकार, दुध उद्योग, स्कूलहरू, शिक्षक र अभिभावकहरूले विभिन्न कार्यक्रमहरु गर्ने गर्दछन्, जस्तै: दूधको स्वाद परीक्षण, विद्यालयमा दूध वितरण कार्यक्रम, पोषण शिक्षा कार्यशाला, दूधका स्वास्थ्य फाइदाहरूका बारेमा सिकाइ गर्ने गतिविधि गरिन्छ भनेर बताए ।

डेरी फार्म भ्रमण वा आवासिय भ्रमण कार्यक्रमहरु गरिने गरिन्छ, सामाजिक सञ्जाल, पोस्टर, जनचेतना अभियानहरू प्रयोग गर्ने, प्रेस रिलिज तयार गरी १/२ दिन अगाडिबाटै विभिन्न निकायलाई दूध तथा दुग्ध पदार्थ वितरण गरी विभिन्नहरु आयोजना गरिने गरिन्छ, यसरी कार्यक्रम गर्दा सबैलाई दुधको महत्त्वको बारे सबैलाई थाहा हुने दाहाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै