सोमबार नेप्से तीन पटकसम्म २५०० अंक नाघे – Sagarmathapana:: Online News Portal

सोमबार नेप्से तीन पटकसम्म २५०० अंक नाघे

   २०८१ श्रावण ७ गते  

काठमाडौं । सोमबार दिनभर सेयर बजारमा तीव्र उतारचढाव देखियो । यस दिन तीन पटकसम्म बजारले २५०० अंक नाघे पनि बन्द हुँदा भने २४८८ अंकमा रह्यो ।

कारोबार सुरु भएको ५ मिनेटमै नेप्से परिसूचक २५०४ अंकमा पुग्यो, तर टिक्न सकेन । ११ : १४ मा २४६४ अंकमा झरेको बजार ११ : २४ बजे नै २५०१ मा पुग्यो, तर दोस्रो पटक पनि टिक्न सकेन । सवा १२ बजेतिर २४४२ अंकमा झर्‍यो । २ : २७ बजे २५०१ अंकमा पुगे पनि टिक्न सकेन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै