“बर्दियामा जंगली जनावरको आक्रमण रोक्न गम्भीर पहल गर्न सांसद अब्दुल खानको माग”
काठमाडौं।प्रतिनिधि सभाको आज मिति २०८२ भदौ ४ गतेको बैठकमा जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष एवं सांसद माननीय अब्दुल खानले बर्दियाका जनताले भोगिरहेको समस्याबारे ध्यानाकर्षण गराएका छन् ।
सांसद खानले विशेषगरी बर्दियामा बाघसहितका जंगली जनावरको आक्रमण दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै यसलाई रोक्न संघीय सरकारले तत्काल गम्भीर पहल गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनले बर्दियाली जनताले आफ्नो जीविका, सुरक्षा र दैनिक जीवनमा ठूला चुनौती भोगिरहेको भन्दै सम्बन्धित निकायलाई दिगो समाधानका लागि जिम्मेवारीपूर्वक अघि बढ्न आग्रह गरे ।
खानले भने, “जंगली जनावरको आक्रमण नियन्त्रणमा लिन आवश्यक पहल नगरेसम्म बर्दियावासीको जनजीवन सुरक्षित हुने छैन । संघीय सरकारले तत्काल ठोस कदम चाल्नुपर्छ।”
उक्त विषयमा सभामुखले पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।












