आज अपराह्न १ बजे संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै – Sagarmathapana:: Online News Portal

आज अपराह्न १ बजे संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै

   २०८२ श्रावण २८ गते  

काठमाडौं।आज अपराह्न १ बजे संघीय संसद् प्रतिनिधिसभाको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। बैठकमा सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या, र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका विषयमा मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ माथि विचार गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

आजै चारवटा संसदीय समितिको पनि बैठक बस्नेछ। अर्थ समितिले ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक’ माथि दफावार छलफल गर्नेछ। कानुन, न्याय तथा मानव अधिकार समितिले कैलाली कारागारमा साउन २३ गते घटेको घटनाको प्रभाव र समाधानका उपायबारे गृहमन्त्रीसँग छलफल गर्नेछ।

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८२’ मा छलफल गर्नेछ भने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले महालेखापरीक्षकको ६२औं प्रतिवेदनका मूलभूत पक्षमा विचार विमर्श गर्नेछ।

यसरी संघीय संसद् र संसदीय समितिहरूमा आज विविध महत्वपूर्ण विधेयक र विषयमा गहन छलफल हुने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै