प्रचण्ड नेताहरुको पनि नेता हुनुहुन्छ, जनार्दनहरु त सहयोगीमात्रै हुन्ः कुशल – Sagarmathapana:: Online News Portal

प्रचण्ड नेताहरुको पनि नेता हुनुहुन्छ, जनार्दनहरु त सहयोगीमात्रै हुन्ः कुशल

   २०८२ श्रावण १२ गते  

काठमाडौं।नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं पूर्व मन्त्री श्याम कुमार श्रेष्ठ ‘कुशल’ ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेताहरुको पनि नेता रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको प्राइम संवादमा पत्रकार कृष्ण मल्लसँग संवाद गर्दै उनले पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय जनार्दन शर्मा, वर्षमान पुनलगायतका नेता प्रचण्डको सहयोगीमात्रै रहेको बताएका हुन् । उनले प्रचण्ड माओवादीको मात्रै नेता नभएर सिंगो राष्ट्रिय राजनीतिलाई हाँक्ने नेताको रुपमा व्याख्या गरे ।

‘तपाईँले नाम लिनुभएका सबै नेताहरु आदरनिय व्यक्तित्व हुनुहुन्छ । ठूलो आन्दोलन, परिवर्तनका लागि उहाँहरुको भूमिका उल्लेखनीय छ । तर, अध्यक्ष कमरेड प्रचण्ड उहाँहरुको पनि नेता हो । नेताको पनि नेता नेतृत्व । त्यसकारण नेतृत्व र नेता भन्ने कुराको फरक पाटाहरु छन् । उहाँको वरिपरी सहयोगीको रुपमा रहने अरु नेताहरुको भूमिका महत्वपूर्ण हुन्छ,’– उनले भने ।

साथै, उनले अहिले बाहिर आएको जस्तो प्रचण्ड र जनार्दनबीचमा विवाद नरहेको पनिउनले बताए । जनार्दनले पार्टी फुटाउने भन्दा पनि मजबुद बनाउनका लागि आफूलेलाई मजबुद बनाउनका लागि फरक मत राखेको बताउँदै आएको पनि उनले सुनाए ।

नेता श्रेष्ठले नेपालको समकालीन राजनीतिको नेतृत्वको विषयमा प्रचण्ड बराबरीको नेता कोही पनि नरहेको बताए । राष्ट्रिय राजनीतिमा विचार, राजनीतिक कार्यदिशा, राजनीतिक कार्यक्रम र सुशासनलाई स्थापित गर्ने दृष्टिकोणले प्रचण्डभन्दा अग्रगामी नेता अर्को कोही पनि नरहेको उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै