सरकारमा बसेर कांग्रेसका नेताहरुलाई ‘काम गर्न सकिनँ’ भन्ने छुट नरहेको:गगन थापा – Sagarmathapana:: Online News Portal

सरकारमा बसेर कांग्रेसका नेताहरुलाई ‘काम गर्न सकिनँ’ भन्ने छुट नरहेको:गगन थापा

   २०८१ माघ १३ गते  

काठमाडौं। आज (आइतबार) काठमाडौंमा आयोजित मीनकुमारी राणाको प्रतीमा अनावरण, पुरस्कार तथा छात्रवृत्ति वितरण समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकारमा बसेर कांग्रेसका नेताहरुलाई ‘काम गर्न सकिनँ’ भन्ने छुट नरहेको बताएका छन् ।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारमा बसेर गनगन नगर्न पार्टीका नेताहरुलाई चेतावनी दिएका छन् ।

महामन्त्री थापाले काम गर्न छोटै अवधि पनि पर्याप्त हुने बताउँदै कांग्रेस–एमाले गठबन्धन सरकारलाई अझै ३ वर्ष समय रहेको बताए । २०८४ को निर्वाचनसम्म पुग्न अझै ३ वर्ष समय बाँकी रहेको बताउँदै उनले अहिले नै निर्वाचनको चर्चा गर्नु उपयुक्त नहुने बताए । तीन वर्षको अवधि काम गर्नका लागि पर्याप्त हुने बताउँदै महामन्त्री थापाले उक्त अवधिमा पनि काम गर्न पाइएन वा सकिएन भनेर गनगन नगर्न नेताहरुलाई चेतावनी दिए ।

कांग्रेस–एमाले गठबन्धन सरकारले देश र जनताको पक्षमा काम गरेर औचित्य पुष्टि गर्नसक्नुपर्ने उनको भनाइ छ । उनले बिपी कोइराला, गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी नेतृत्वको सरकारजस्तै कांग्रेस–एमाले गठबन्धन सरकारलाई सफल बनाउनुपर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै