गोविन्द चेम्जोङ लिम्बूको गित ‘जारी’(तरेमा ज्यु) को म्युजिक भिडियो युट्यूवमा
काठमाडौँ ।गायक तथा संगीतकार गोविन्द चेम्जोङ लिम्बूको संगीत तथा आवाजमा भेटैमा भयो तरेमा ज्यु सेवारो नमस्ते चीन-जानै गरि पालाम गाउदै धानैमा नाचौन…..जारिनै तिरौला बोरु रितीमै छिरौला जाउ हिड जारिनै तिरौला बोल को गित ‘जारी’(तरेमा ज्यु) को म्युजिक भिडियो युट्यूवबाट सार्वजनिक गरिएको छ ।

विक्रम योङहाङ मुहिङको शव्द तथा कथा र निर्देशनमा गित ‘जारी’(तरेमा ज्यु) को म्युजिक भिडियो सेप्माङ पिल्मस युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भुपेन योङहाङको छायांकन, छिमी तामाङको मेकअप र अर्जुन खड्काको सम्पादन र कलर रहेको भिडियोमा रीया लामा र अभि राईको अभिनय रहेको छ ।


दामी क्रिएशनको पोष्ट प्रडक्शनमा फुङसो जबेगु र उत्तम योङहाङको सहायक निर्देशन रहेको भिडियोमा युगल लिम्बू, विवेक राई, दिल कुमारी कन्दङवा राई (कोकु)ले समेत फिचरिङ गरेका छन् ।

गितमा पुस्कर खत्रीको मिक्सिङ, मास्टरिङ तथा एरेन्ज छ । रेकर्डिङ फाइन स्टुडियोमा भएको हो ।
पुर्वेली मौलिक भाकामा जारी गरि विवाह गर्ने चलनलाई टपक्कै टिपेर मौलिक कथा प्रस्तुत गरिएको मनमोहक गितको भिडियो दर्शकहरुको रोजाइ बन्न सक्छ ।













