त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्थलगत निरीक्षण गरे – Sagarmathapana:: Online News Portal

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्थलगत निरीक्षण गरे

   २०८१ पुष १९ गते  

काठमाडौं :त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्थलगत निरीक्षण गरेका छन्।

बुधबार विमानस्थल पुगेर मन्त्री पौडेलले एमपक्सको जोखिम फैलन नदिने गरी सजकता अपनाउन र प्रभावकारी सेवा दिन आग्रहसमेत गरे। मन्त्री पौडेलले विमानस्थलमा एयरलायन्स, नागरिक उड्डयन अधिकारी, अद्यागमनका कर्मचारी तथा सुरक्षाकर्मीहरूसहित अधिकारीहरूलाई नागरिकमाझ थप जोखिम फैलन नदिन मन्त्रालय प्रतिबद्ध रहेको बताए।

हालः साउदी अरेबियाबाट आएका दुई नागरिकमा संक्रमण देखिएकामा एक उपचारपछि घर फर्किसकेका छन्। अर्का एकको सरुवा रोग नियन्त्रण अस्पतालमा उपचार भइरहेको छ। मन्त्री पौडेलले नमूना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला, उपचारका लागि सरुवा रोग नियन्त्रण अस्पताल अनि सचेतना फैलाउन इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखाले मिलेर काम गरिरहेको बताए

मन्त्री पौडेलले साउदी अरेबियाबाट संक्रमित बिरामी आइरहेकाले नेपाली समुदायमाझ सचेतनाका लागि नेपाली दूतावासमार्फत काम गर्ने प्रतिबद्धता जनाए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै