विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ०८४ को निर्वाचनमा भाग लिने – Sagarmathapana:: Online News Portal

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ०८४ को निर्वाचनमा भाग लिने

   २०८१ पुष १६ गते  

काठमाडौं, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी हालै सम्पन्न भएको केन्द्रीय समितिको छैठौँ पूर्ण बैठकले पार्टी दर्ता गरेर ०८४ को निर्वाचनमा भाग लिने निर्णय गरेको हो ।

आगामी २०८४ को चुनावलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा–विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गर्ने निर्णय गरिएको छ । त्यसका लागि जनतालाई स्पष्ट सन्देश दिन पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिह्न लिइनेछ, मंगलबार जारी गरिएको प्रेस वक्तव्यमा भनिएको छ ।

पार्टीले विचार मिल्ने पार्टीहरूसँग मोर्चामा सहकार्य गर्दै क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने पनि निर्णय गरेको छ ।

बैठकले कोसी प्रदेशलाई ुकिराँत लिम्बुवानु प्रदेश नामकरण गर्न राजनीतिक शक्तिहरूसँग छलफल बढाउने निर्णय गरेको छ ।

विप्लवको पार्टीले उपत्यकामा सी व्यापार केन्द्र सञ्चालनमा ल्याउने पनि निर्णय गरेको छ । पार्टीलाई मात्र होइन, देशलाई नै आत्मनिरभरतासहित समृद्धितिर बढ्न पार्टीले नयाँ आर्थिक मार्गको विचारलाई दृढताका साथ कार्यन्वयन गर्ने, निर्णयमा भनिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै