नक्कली शरणार्थी, गिरिबन्धु, यति ओम्नी, वाइडबडी भ्रष्टाचार यसै नछाडिने:प्रचण्ड – Sagarmathapana:: Online News Portal

नक्कली शरणार्थी, गिरिबन्धु, यति ओम्नी, वाइडबडी भ्रष्टाचार यसै नछाडिने:प्रचण्ड

   २०८१ पुष १४ गते  

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूला भ्रष्टाचारका काण्डलाई यसै नछाडिने बताएका छन्।

माओवादी पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए देशमा सुशासनको नयाँ युग सुरु हुने बताउँदै उनले यस्तो बताएका हुन्।

कञ्चनपुर जिल्लाको पुनर्वासमा आयोजित भ्रष्टाचार र बेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधनका क्रममा सरकारले गरेका भ्रष्टाचारका हरेक काण्डलाई खोतलेर कारबाही गर्ने बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘गिरिबन्धु, यति ओम्नी, नक्कली भुटानी शरणार्थी, वाइडबडी खरिदमा गरिएको भ्रष्टाचार यसै छाडिने छैन। यसका निम्ति माओवादी केन्द्रलाई बलियो बनाउन जरुरी छ।’

आफ्नो सरकारले सुशासन, सामाजिक न्याय, समृद्धिका पक्षमा काम गरेको बताउँदै अध्यक्ष प्रचण्डले मिटरब्याजीहरू, मिटरब्याजको नाममा जनतालाई शोषण गर्नेहरू त्यो बेला भयभित भएका उल्लेख गरे।

उनले आफू नेतृत्वको सरकारले गरेका कामका कारण देशभर माओवादी केन्द्रमा एकताबद्ध हुने र समायोजन हुने लहर चलेको बताए। उनले पुनर्वासमा एमाले, कांग्रेसलगायतका पार्टीमा क्रियाशील नेता कार्यकर्तालाई माओवादी केन्द्रमा स्वागत गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै