प्रचण्ड’ की नातिनीको विवाह समारोहमा प्रधानमन्त्री ओली सहभागी
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की नातिनी स्मिता दाहालको विवाह समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् ।
काठमाडौंको गोकर्णमा रहेको ग्राण्ड नोर्लिङ रिसोर्टमा आयोजित विवाह समारोहमा प्रधानमन्त्री ओली ढिला गरी पुगेका हुन् । प्रचण्ड भने सुरुदेखि नै विवाह समारोहमा उपस्थित् छन् ।












