एसीसी यू–१९ एसिया कपः श्रीलङ्कासँग ५५ रनले नेपाल पराजित – Sagarmathapana:: Online News Portal

एसीसी यू–१९ एसिया कपः श्रीलङ्कासँग ५५ रनले नेपाल पराजित

   २०८१ मंसिर १४ गते  

काठमाडौं ।संयुक्त अरब इमिरेट्स यूएईस्थित शारजाह क्रिकेट मैदानमा भएको  एसीसी यू–१९ एक दिवसीय एसियाकप क्रिकेटको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ५५ रनले   पराजित भएको छ ।

श्रीलङ्काले दिएको २ सय ३३ रनको लक्ष्य पछा्याउने क्रममा नेपाल ४६ दशलव २ ओभरमा अल आउट हुँदै १ सय ७८ रनमा समेटिएसँगै हारबाट प्रतियोगिताको सुरुवात गरेको हो ।

नेपालका लागि मयन यादवले सर्वाधिक ६२ रन बनाए भने आकाश त्रिपाठीले १९ र उत्तम मगरले १७ रन मात्र बनाउन सके । त्यसअघि सुरुवाती ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २ सय ३३ रन बनाएको थियो ।

उसका लागि शरुजन सामुगानाथानले सर्वाधिक ६२ तथा कभिजा गेमेजले नटआउट ५० रनको अर्धशतकीय इनिङ्स खेले । नेपालका लागि सन्तोष यादवले १० ओभरमा ४५ रन खर्चिएर ४ विकेट लिए । यस्तै युवराज खत्रीले ४४ रन खर्चिँदै २ विकेट लिए भने कप्तान हेमन्त धामी र नरेन साउदले समान १÷१ विकेट हात पारे ।

अब नेपालले आफ्नो दोस्रो खेलमा पर्सी आइतबार बंगलादेशसँग खेल्ने छ भने मङ्गलबार हुने तेस्रो खेलमा अफानीस्तानसँग खेल्ने तालिका छ । प्रतियोगितामा सहभागी आठ टोलीलाई दूई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र जापान छन् । नेपाल रहेको समूह बीमा अफगानीस्तान, श्रीलङ्का र बंगलादेश छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै