नेत्रहिन टि ट्वान्टी विश्व कपमा पाकिस्तान सँग नेपाल पराजित – Sagarmathapana:: Online News Portal

नेत्रहिन टि ट्वान्टी विश्व कपमा पाकिस्तान सँग नेपाल पराजित

   २०८१ मंसिर १३ गते  

काठमाडौं– नेत्रहिन टि ट्वान्टी विश्व कपको समूह चरणको अन्तिम खेलमा पाकिस्तान घरेलु टोलीसँग नेपाल पराजित भएको छ ।

बुधवार भएको खेलमा नेपाल घरेलु टोली पाकिस्तानसँग १० विकेटको फराकिलो अन्तरले पराजित भयो । नेपालले दिएको १ सय १ रनको सामान्य लक्ष्य पाकिस्तानले ६.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपाली टोलीले १८ ओभरमा ५ विकेट गुमाएर १ सय रनको सामान्य योगफल तयार गरेको थियो । नेपालका लागि भरत थापाले सर्वाधिक ३९ तथा नरेश चौधरीले १७ रन जोडेका थिए ।

पहिलो खेलमा नेपाल श्रीलंका र दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो । तेस्रो खेलमा नेपालले अफगानिस्तान र चौथो खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । यस खेलमा पराजित भए पनि नेपालको सेमिफाइनल प्रवेशको सम्भावना कायमै छ ।

६ देशको सहभागीता रहेको विश्व कपमा शीर्ष ४ मा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् । २ सेमिफाइनलका विजेताबीच डिसेम्बर ३ मा फाइनल खेल रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै