मेनु
Flash News

एक वर्षमा झन्डै ७० प्रतिशतले बढ्यो पेट्रोलियम पदार्थको मूल्य

 

काठमाडौँ। नेपाल राष्ट्र बैंकले गएको एक वर्षमा ६९.५ प्रतिशतले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा १.१ प्रतिशतले मात्र सुनको मूल्य वृद्धि भएको जनाएको छ । बिहीबार गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक रिर्पोट सार्वजनकि गरेको बैंकले एक वर्षमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ६९.५ प्रतिशतले वृद्धि भएर प्रति ब्यारेल ७४.५३ अमेरिकी डलर पुगेको बताएको हो । यस्तो मूल्य अघिल्लो वर्ष प्रति ब्यारेल ४३.९६ अमेरिकी डलर रहेको बैंकले जनाएको छ ।

समिक्षा अवधिमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीब्र वृद्धि आइरहँदा यता सुनको मूल्यमा भने सामान्य वृद्धि मात्र भएको बैंकले जनाएको छ ।
वार्षिक रिर्पोट अनुसार २०७७ असार मसान्तमा अन्तर्राष्ट्रिय बजारमा प्रति आउन्स सुनको मूल्य १ हजार ८०४.६० अमेरिकी डलर रहेकोमा २०७८ असार मसान्तमा १.१ प्रतिशतले वृद्धि भई १ हजार ८२३.७५ अमेरिकी डलर मात्र पुगेको बैंकले जनाएको छ ।