काठमाडौं।दशैं–तिहारलाई लक्षित गर्दै अशोक लेल्यान्डका व्यावसायिक सवारीसाधनका लागि २० दिने विशेष सर्भिस क्याम्प सुरु भएको छ। अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सले ‘दशैं–तिहार चाडपर्वको यात्रा, सुरक्षित र चुस्त बनाऔं’ नारासहित सर्भिस क्याम्प सञ्चालनमा ल्याएको हो।
सेप्टेम्बर २७ देखि अक्टोबर १६, २०२६ सम्म सञ्चालन हुने अभियानअन्तर्गत देशभरका १४ वटा ग्राहक सेवा केन्द्रबाट २ हजार ५ सयभन्दा बढी व्यावसायिक सवारीसाधनको जाँच तथा आवश्यक मर्मतसम्भार गरिने कम्पनीले जनाएको छ।
सर्भिस क्याम्पमा ग्राहकले लेबर चार्ज, ब्रेक एडजस्टमेन्ट, बम्पर–टु–बम्पर चेकअप र EDC Diagnostic Scan निःशुल्क प्राप्त गर्नेछन्। त्यस्तै, आवश्यक पार्टपुर्जा तथा ल्युब्रिकेन्ट्समा फ्ल्याट १५ प्रतिशत छुट उपलब्ध गराइएको छ। AdBlue मा समेत विशेष छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
चाडपर्वको समयमा सवारीसाधनको चाप बढ्ने भएकाले यात्रालाई सुरक्षित र व्यवस्थित बनाउन अभियान सञ्चालन गरिएको आईएमई मोटर्सले जनाएको छ। सेवाग्राहीको सहजतालाई ध्यानमा राख्दै सर्भिस सेन्टरहरू शनिबार पनि सञ्चालनमा रहनेछन्।
काठमाडौं उपत्यकामा ग्राहकले बालाजुस्थित अशोक लेल्यान्ड सर्भिस सेन्टरबाट सेवा लिन सक्नेछन्। उपत्यकाबाहिर धनगढी, नेपालगञ्ज, सुर्खेत, दाङ, बुटवल, चितवन, पोखरा, हेटौँडा, बर्दिबास, जितपुर, इटहरी, बिर्तामोड र कटारीस्थित सेवा केन्द्रबाट पनि सेवा उपलब्ध हुनेछ।
अभियानअन्तर्गत सवारीसाधनको नियमित मर्मतसम्भारसँगै चालकको क्षमता अभिवृद्धिलाई समेत प्राथमिकता दिइएको छ। यसका लागि BS6 Basic Training अन्तर्गत Driver Awareness Program सञ्चालन गरिनेछ।
यस्तै, ग्राहकले ड्राइभर ट्रेनिङ, ब्याट्री चेकअप तथा वायरिङ चेकअप लगायतका सेवा पनि निःशुल्क प्राप्त गर्न सक्नेछन्।
चाडपर्वका बेला लामो दूरीमा सञ्चालन हुने व्यावसायिक सवारीसाधनको प्राविधिक अवस्था समयमै परीक्षण गरी सम्भावित समस्या न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको आईएमई मोटर्सले जनाएको छ।



