मेनु
Flash News

चलचित्र छायाङ्कन तालिम तथा कार्यशाला गोष्ठी काठमाडौंमा सुरु

काठमाडौं- चलचित्र विकास बोर्ड को सहकार्य तथा नेवाः फिल्म सोसाइटी को आयोजनामा पाँचदिने चलचित्र छायाङ्कन तालिम तथा कार्यशाला गोष्ठी आजदेखि काठमाडौंमा सुरु भएको छ।

२०८३ जेठ ८ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने उक्त तालिम इन्द्रचोकस्थित मछिन्द्र क्लबमा आयोजना गरिएको हो।


कार्यक्रमको मुख्य उद्देश्य नेपाली चलचित्र क्षेत्रमा छायाङ्कनसम्बन्धी प्राविधिक ज्ञान, सिर्जनात्मक दृष्टि तथा व्यावहारिक सीप अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ। यस तालिममार्फत नयाँ तथा सक्रिय चलचित्रकर्मीहरूलाई पेशागत क्षमता विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

चलचित्र विकास बोर्ड ले नेपाली चलचित्रको गुणस्तर सुधार, दक्ष जनशक्ति उत्पादन तथा प्राविधिक पक्ष सुदृढीकरणका लागि यस्ता तालिम तथा कार्यशालालाई निरन्तर रूपमा प्रवर्द्धन गर्दै आएको छ।

कार्यक्रमले नेपाली चलचित्र क्षेत्रको प्राविधिक स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।