चलचित्र निर्देशक समाजको १८औँ साधारण सभा तथा निर्वाचन सम्पन्न, अरुणकुमार प्रधानको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित
काठमाडौँ।चलचित्र निर्देशक समाजको १८औँ वार्षिक साधारण सभा तथा चुनावी अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट अरुणकुमार प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ।
नव–निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा सुभास गजुरेल र दीपक वली चयन भएका छन्। महासचिवमा समुन्द्र भट्ट, सचिवमा राजबहादुर साने तथा कोषाध्यक्षमा जनक खड्का निर्वाचित भएका छन्। त्यसैगरी सह–कोषाध्यक्षमा उत्सव केसी चयन भएका छन्।


सदस्यहरूमा लक्ष्मण सुवेदी, लक्ष्मण सुनार, साकार पन्त, अमरदीप सापकोटा, शिव शर्मा कँडेल, हस्तबहादुर लिम्बूलगायत निर्वाचित भएका छन्।
कार्यक्रममा नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बधाई समेत दिइएको छ।





