हङकङ,रिपोर्टर मनिता योङहाङ लिम्बू
हङकङ।गुरुङ संस्कृति, समाज र सम्बन्धको भावनात्मक कथा बोकेको नेपाली चलचित्र ‘तेनो कुर्सी (ढोग भेट)’ यही मे २५ तारिख हङकङमा प्रदर्शन हुने भएको छ। चलचित्रको विशेष प्रदर्शन याउ मा तेइस्थित Henry G. Leong Yau Ma Tei Community Centre मा साँझ ६:३० बजे आयोजना गरिने आयोजकले जनाएको छ।
सुबास गुरुङ (गणेश) को लेखन तथा निर्देशनमा तयार भएको चलचित्रले गुरुङ समुदायको मौलिक संस्कार, पारिवारिक सम्बन्ध र सामाजिक यथार्थलाई प्रस्तुत गरेको निर्माण टिमले जनाएको छ।


चलचित्रमा पर्वत गुरुङ, राजेश गुरुङ, टिकराम घले, ओम गुरुङ, भीमबहादुर गुरुङ, थमन गुरुङ, खुशीमाया गुरुङ, बबिता गुरुङ, अलिसा गुरुङ, पूजा गुरुङ तथा रीना गुरुङको अभिनय रहेको छ।
चलचित्रका निर्मातामा चन्द्र गुरुङ, भीमबहादुर गुरुङ, कुमार गुरुङ, जयलक्ष्मी गुरुङ र ज्ञानबहादुर गुरुङ रहेका छन्। पोस्ट–प्रोडक्सन Climax Art Production ले गरेको चलचित्रको निर्माण व्यवस्थापन भीमबहादुर गुरुङले सम्हालेका छन्।

प्रवासमा रहेका नेपाली तथा गुरुङ समुदायलाई लक्षित गर्दै आयोजना गरिएको प्रदर्शनमा उपस्थित भई नेपाली चलचित्रलाई साथ दिन आयोजकले सबैलाई आग्रह गरेका छन्। “हाम्रो फिल्मलाई हामीले माया नगरे कसले गर्ने?” भन्ने सन्देशसहित निर्माण टिमले सम्पूर्ण इष्टमित्र, साथीभाइ तथा नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ।
कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आयोजकले विभिन्न सम्पर्क नम्बरसमेत सार्वजनिक गरेका छन्।





