सर्वोच्चको फैसला मान्दै अघि बढ्ने देउवा समूहको निर्णय,पार्टी एकतामा जोड
काठमाडौँ-नेपाली कांग्रेसका पूर्वसभापति Sher Bahadur Deuba पक्षले सर्वोच्च अदालतको हालैको फैसला स्वीकार गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने निष्कर्ष निकालेको छ।
शुक्रबार Supreme Court of Nepal ले कांग्रेसको आधिकारिकताबारे विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएपछि आइतबार निवर्तमान कार्यवाहक सभापति Purna Bahadur Khadka निवासमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता Min Bahadur Bishwakarma ले असहमति भए पनि अदालतको निर्णयलाई सम्मान गर्दै अगाडि बढ्ने सहमति भएको जानकारी दिए। उनका अनुसार अब पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी वर्तमान सभापति Gagan Thapa माथि आएको छ।
उनले भने, “हिजोसम्म पार्टीलाई अगाडि बढाउने जिम्मा देउवामा थियो, अब विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाले सबैलाई समेट्दै पार्टीलाई ठूलो बनाउने र एक स्वरमा अघि बढाउने वातावरण सिर्जना गर्नुपर्छ।

यस्तै, नेता Prakash Sharan Mahat ले कानुनी रूपमा विवाद टुंगिए पनि राजनीतिक रूपमा चुनौती बाँकी रहेको बताए। उनले पार्टी एकताको पहल विशेष महाधिवेशन पक्षधरबाट हुनुपर्ने धारणा राखे।
महतका अनुसार आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै दुवै पक्षको सहभागितामा साझा संयन्त्र बनाएर अघि बढ्ने विषयमा पनि बैठकमा छलफल भएको थियो।
देउवा समूहले पार्टीको समग्र हितका लागि एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।













