चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा समीर बलामी निर्वाचित
काठमाडौं ।चलचित्र पत्रकार संघ नेपाल को १०औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। वैशाख ५ गते सम्पन्न महाधिवेशनले अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष बलामीसहित सम्पूर्ण कार्यसमिति टिमलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। संघको नयाँ कार्यसमितिमा उपाध्यक्ष (संगठन) मा रघुनाथ सापकोटा, उपाध्यक्ष (कार्यक्रम) मा कुमार आचार्य (निर्विरोध), र उपाध्यक्ष (महिला) मा दिपज्योती थापा चयन भएका छन्।


यसैगरी महासचिवमा गोपीकृष्ण चापागाईं, सचिवमा मदन रिजाल, सचिव (समावेशी) मा महम्मद जलिम (निर्विरोध), कोषाध्यक्षमा मनिष अञ्जान तथा सहकोषाध्यक्षमा अर्जुन गुरागाईं निर्वाचित भएका छन्।
सदस्यहरूमा सुशील नेपाल, सालिकराम न्यौपाने, नबिन चापागाईं, दिपराज क्षेत्री, दिनेश थापा, सोजना बिक लोहार, युबर्ण पौडेल (पूजा) र रतन बहादुर चन्द निर्विरोध चयन भएका छन्।
महाधिवेशनमार्फत चयन भएको नयाँ कार्यसमितिले चलचित्र पत्रकारिताको विकास, व्यवसायिक सुदृढीकरण तथा सञ्चारकर्मीहरूको हितमा काम गर्ने अपेक्षा गरिएको छ।















