एमालेले समानुपातिक सांसदका लागि १६ जनाको नाम टुंग्यायो – Sagarmathapana:: Online News Portal

एमालेले समानुपातिक सांसदका लागि १६ जनाको नाम टुंग्यायो

   २०८२ फाल्गुन ३० गते  

काठमाडौं।नेकपा (एमाले) ले प्रतिनिधि सभा तर्फ समानुपातिक सांसदका लागि १६ जनाको नाम टुंग्याएको छ।शनिबार भक्तपुरको गुण्डुमा बसेको पार्टी सचिवालय बैठकले विभिन्न क्लस्टरअनुसार १६ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो।

पार्टी उपमहासचिव लेखराज भट्टका अनुसार अध्यक्ष केपी शर्मा ओली पितृशोकमा रहेकाले बैठकको अध्यक्षता उपाध्यक्ष रामबहादुर थापाले गरेका थिए। बैठकमा समानुपातिक सांसद चयन सम्बन्धी प्रस्ताव र शोक प्रस्तावमाथि छलफल गरिएको थियो।

भट्टले क्लस्टरको मापदण्डअनुसार समानुपातिक सांसदका नाम सिफारिस गरिएको जानकारी दिए।

यी हुन् एमालेले सिफारिस गरेका समानुपातिक सांसदहरू :

जनजाति (४ जना)

महिला : भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ

पुरुष : रामबहादुर थापा मगर, कुलभक्त शाक्य

खस–आर्य (५ जना)

महिला : पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)

पुरुष : गुरु प्रसाद बराल, पुष्पराज कंडेल

थारु (१ जना)

पुरुष : कृपाराम राणा

दलित (२ जना)

महिला : विष्णुमाया वि.के., नीता घतानी

मधेसी (३ जना)

महिला : रिङ्गला यादव, यशोधा कुमारी यादव

पुरुष : चन्द्रेश्वर मण्डल

मुस्लिम (१ जना)

महिला : साजिदा सिद्दीकी

पार्टीले सिफारिस गरेका यी नामहरू अब निर्वाचन आयोगमा पठाइने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै